२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाँसबारी जग्गा प्रकरणमा प्रहरीले झिकाएपछि अर्बपति विनोद चौधरी आफैं पुगे, बयान लिन सुरु

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं विश्व अर्बपति विनोद चौधरी बाँसबारी जग्गा प्रकरणमा बयान दिन जिल्ला सरकारी वकिल कार्यालयमा पुगेका छन् । पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद विनोद चौधरीसँग सरकारी वकिल र सीआईबीका अनुसन्धान अधिकृतहरूले बयान लिन थालेका छन् । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले उनलाई बयानको लागि बोलाएको हो । छाला जुत्ता कारखानाको कम्पाउन्डमा स्थापना गरिएको च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता सेयर फेला परेको अनुसन्धानमा संलग्न सीआईबीका एकजना अधिकृतले बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधवार उनका भाइ वसन्त चौधरीलाई पनि घटना विवरण कागज गराएको थियो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा व्यवसायी अरुण चौधरीलाई ब्युरोले माघ १८ मा पक्राउ गरेको थियो । उनी सांसद विनोद चौधरीका कान्छो भाइ हुन् । जिल्ला अदालत काठमाडौँको आदेशमा अरुण ‘हाजिर जमानी’मा रिहा भएका छन् ।

विनोदसँग बयान लिनुअघि सीआईबीले विनोदबारे पनि अनुसन्धान भइरहेको जानकारी सभामुखलाई गराएको थियो । सभामुख देवराज घिमिरेलाई ब्युरोले पत्र लेखेर त्यसबारे जानकारी दिएसँगै उनलाई बयानमा बोलाइएको ब्युरोका एकजना अधिकृतले बताए ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस