२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सँगै वियर खाएपछि दुई साथी मिलेर युवकको हत्या

Crime murder

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका २ मा वियर खाएको पैसा र मोवाइलको विषयमा साथीबाटै एक युवकको हत्या भएको छ । स्थानीय अन्दाजी १८ वर्षीय कैस नदिफलाई दुई साथी मिलेर हत्या गरेका हुन् । हत्याको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरिसकेको छ ।

चक्कु प्रहारबाट घाइते कैसको उपचारका लागि भारततर्फ लग्ने क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ‌। हत्या आरोपमा सोही ठाउँका २० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडी बढाएको बताए । ‘मुस्लिम समुदायको पर्व रोजा चल्दैछ’ डिएसपी अवाले भने, ‘रोजा सकेपछि तीनैजना वियर खान गएका थिए । फर्किने क्रममा वियर खाएको रुपैयाँ र मोबाइलको विषयमा विवाद भयो । त्यसपछि सहमत र जाकिसले कैसलाई चक्कु प्रहार गरे ।’

उनका अनुसार चक्कु प्रहारबाट घाइते कैस भागेर घर पुगेका थिए । आफन्तले उनलाई उपचारका लागि भारततर्फ लग्दै थियो । बाटैमै मृत्यु भएपछि राति नै घर फर्काएर ल्याएको थियो । कैसको मृत्यु भएपछि घर फर्काएर खबर गरेपछि प्रहरी घटनास्थल पुगेर आरोपी दुबै युवकलाई पक्राउ गरेको डिएसपी अवाले बताए । उनले घटना विषयमा थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस