२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुर्घटनामा एमाले नेताको मृत्यु

Road Accident

नवलपुर । पुर्वि नवलपरासीको नवलपुरमा अटो दुर्घटनामा एमाले नेताको निधन भएको छ । मध्यविन्दु नगरपालिका वडा नं ११ कोटथर, गरगरे स्थित भित्री सडक खण्ड दमारबाट अरुणखोलातर्फ आँउदै गरेको ग.प्र.०४–००१ ह ००४ नम्वरको अटो अनियत्रित भई दुर्घटना हुदा एमाले नवलपुरका जिल्ला कमिटी सदस्य भुपलाल अर्यालको मृत्यु भएको हो ।

दुर्घटनामा घाईते अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा मृत्यु भएका अर्याल नयाँ बेलहानी गाविसका पुर्व गाविस अध्यक्ष समेत हुन । दुर्घटनामा घाईते मध्यविन्दु–१० की टिका देवी काफ्ले र तोयनाथ पोख्रेलको चितवन मेडिकल कलेजमा उपचार भैरहेको नवलपुर प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस