२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कान्छि र सुन्दरी राप्रपाकी माननीय विना लामाले सिकाइन् अर्थमन्त्रीलाई सबक [ भिडिओसहित ]

काठमाडौं । राप्रपा सचेतक विना लामाले सदनमा अर्थमन्त्रीले राप्रपामाथि विभेद गरेको भन्दै अर्थमन्त्रीको खोजी गरेकी छिन् । आजको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा उनले बोल्ने वेलामा अर्थमन्त्री वर्षमान पुन सदनबाट बाहिरिएका थिए । त्यसपछि उनले सभामा अर्थमन्त्री खोजेकी हुन् ।

सभा सञ्चालन गरिरहेकी उपसभामुख इन्दिरा रानाले बोल्नका लागि १० मिनेटको समय दिइएको भन्दै उनलाई बोलाएपछि रोस्टममा उभिएकी सांसद लामा अर्थमन्त्री नदेखेपछि उभिएर बसिन् । रानाले बोल्नका लागि आग्रह गरेपछि उनले भनिन्, ‘राप्रपाले बोल्ने पालामा अर्थमन्त्री उठेर जानुभयो, हामीमाथि विभेद भयो ।’ उनले आफ्ना कुरा अर्थमन्त्रीलाई सुनाउन खोजेको भन्दै उनी आएपछि मात्र बोल्ने बताइन् ।

त्यसपछि उपसभामुख रानाले अर्थमन्त्री अर्का एक व्यक्तिलाई जिम्मेवारी सुम्पिएर खाना खान गएको जानकारी गराउँदै बोल्न पुनः आग्रह गरिन् । त्यसपछि उनले भनिन्, ‘बोल्नका लागि १० मिनेटको समय दिइएको छ, मैले बोल्दै गर्दा पनि उहाँ आउनुभएन भने मैले सदस्यज्यूहरूलाई मात्र सुनाऊँ ?’

त्यसपछि उपसभामुख रानाले प्रदीप यादवलाई बोल्नका लागि बोलाइन् । यत्तिकैमा अर्थमन्त्री पुन खाना खान छाडेर सांसद लामाका कुरा सुन्न आइपुगे । त्यसपछि सांसद लामाले भनिन्, ‘मलाई लागेको थियो, राप्रपा आउँदा अर्थमन्त्री भाग्नुभयो भनेर ।’ यसो भनेर उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा आफ्नो धारणा राखिन् । उनको भाषणपनि निक्कै दमदार थियो । हेरौं भिडिओमा ।

 

 

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस