२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशी–मधेश हुँदै काठमाडौं आइपुग्यो बर्षा: कहाँ कहिलेसम्म हुन्छ बर्षा ? -यसो भन्छन् मौसमविद्

७ चैत, काठमाडौं । अहिले देशभर बदली भएको छ । कोशी र मधेश प्रदेशका केही स्थान हुँदै वर्षा काठमाडौं आइपुगेको छ । यो देशभर फैलिनेछ । यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले आज पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले कोशी र मधेशका अधिकांश स्थानमा हल्का खालको वर्षा भइरहेको जानकारी दिए । एक–दुई स्थानमा मध्यम खालको वर्षा पनि भइरहेको उनले बताए । मधेश प्रदेशको राजधानी जनकपुरधाममा अहिले बिहान सिमसिमे पानी परिरहेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरमा धुलोमार्ने खालको मात्र पानी परेको छ । मौसमविद झाका अनुसार काठमाडौंमा पनि छिटपुट वर्षाको सम्भावना छ । ‘काठमाडौंमा आज र भोलि पनि छिटपुट वर्षा हुने सम्भावना छ,’ उनले भने । उनका अनुसार गण्डकीदेखि पश्चिमको भूभागमा भने तुलनात्मक रुपमा कम बदली छ । बदली पनि पहाडी क्षेत्रमा बढी र तराई क्षेत्रमा कम छ । बदली र वर्षा भएका स्थानमा जाडो महसुस पनि भइरहेको छ । यस्तो अवस्था भोलिसम्म कायम रहने मौसमविदको पूर्वानुमान छ । भोलिदेखि मौसममा सुधार हुँदै जाने मौसमविद झाले बताए ।

 

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस