२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भनसुन नहुँदा मृत्युसँग लडिरहेको बिरामीलाई कान्ति अस्पतालले भर्ना गरेन्

काठमाडौं । बिरामीको उपचारमा बाल कान्ति अस्पतालले बदनियत गरेको पाइएको छ । छटपटाइरहेको बिरामीलाई कान्तिबाट फर्काएर एउटा निजी अस्पतालमा लिनुपरेको दृष्टान्त पत्रकार राज सुवेदीले पोख्नुभएको हो । सामाजिक सञ्जालमार्फत उहाँले भनसुन गर्न नपाउँदा उपचारबाट बन्चित हुनु परेको गुनासो पोख्नुभएको छ । यस्तो छ उहाँको फेसबुक स्टाटस

रातको १ः४० बज्यो !
म कान्ति बाल अस्पतालमा छु।
११ः४० मा एउटा कल आयो । सेभ नभएको नम्बरबाट कल गर्नेले भन्नुभयो “बाग्लुंगको निसीखोलाबाट ल्याएकी ७ वर्षकी छोरी सिकिस्त छन । बुटवलबाट चितवन ल्याएको चितवनले कान्तीमा रिफर गर्यो । र ,यहाँ ल्याएको यहॅा कसैले हेरिदिएन । हामीलाई अप्ठ्यारो पर्यो । मैले उहॅाको फोन राखेर ,कान्तिमा फोन गरे । तर, उठेन । चिनेका सोही अस्पतालमा रहेका एकजना डाक्टरलाई फोन गरे । उनको पनि फोन स्विच अफ रहेछ । रातको १२ बजीसकेको थियो । बिरामीको नजिकका उहॅाकै फेरि फोन आयो । उहॅाले हारगुहारको शैलीमा भन्दैहुनुहुन्थ्यो लौ न बचाईदिनुपर्यो । म तुरून्तै गाडी निकालेर कान्ती पुगे । घरबाट ३० मिनेटमा अस्पताल पुग्दा बिरामीको अवस्था एकदमै नाजुक भईसकेको रहेछ । तुरून्तै भेनटिलेटर चाहिने बिरामीलाई अस्पतालले भर्ना नलिने अन्तै लैजानुस भनेपछि बेडमा त्यसै छाडीदिदॅा बिरामी झन पछि झन नाजुक बनेको देखे ।

अस्पतालले बिरामीको परिवारको हारगुहारलाई नसुनेर बाहिरै लैजान भनिरहेको र बिरामीको अवस्था झन् नाजुक भएर छटपटाइरहेको दृश्य कारुणिक थियो । मैले पनि त्यहाँ रहेका डाक्टरलाई बचाइदिनुहोस भनेर अनुनय बिनय गरे । तर, उनीहरू यति निर्दयी बनेर उभिए की मैले मान्छे यस्तो सम्म हुन्छ भन्ने कल्पना समेत गरेको थिईन । मलाई अस्पतालकै एकजना जुनियर कर्मचारीबाट एउटा आईसियू खाली भएको सुचना प्राप्त भएको थियो । सोही बेड छटपटाइरहेको त्यो बिरामीको प्राण जोगाउन प्रयाप्त थियो भन्ने बुझाईसहित पहल गरिदिन मैले आग्रह गरे । मेरो ठाउॅबाट त्यो उपाय नलागेपछि माननीय देवेन्द्र पौडेलसहित ९ जना बाग्लुंगका नेतालाई फोन गरे । तर, रात छिप्पिएकाले पनि होला कसैको फोन उठेन । शक्तिमा पॅहुच कमजोर हुदॅा छटपटाईरहेको बिरामी अहिले कान्तिबाट फर्काएर एउटा निजी अस्पतालमा लैजादै छौ । सोचिरहेको छु “पहुॅच नहुनेले यो देशमा पाउने सुविधा भनेको मतदान मात्रै हो ।”कामना गरौं 🙏🙏🙏

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस