२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मोरङमा श्रीमती दाउले हानेर मारे, छोरा भागेर बाँचेपछि आफ्नो घाँटी आफै रेटे

७ फागुन, विराटनगर । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका– १ भेडाटोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोरा भने भागेर बाँचेका छन् ।

प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ) ले प्रहार गरेका थिए । गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लगत्तै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।

मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए । मंगलबार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी आएको थियो, लगत्तै पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो । गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रहरीका अनुसार पत्नीलाई दाउले प्रहार गरेका लिम्बूले सोही दाउले आफ्नो घाटी पनि रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । उनले छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोराले भने भागेर ज्यान जोगाएका थिए । ‘पहिले पनि झगडा भइरहने रहेछ, घर झगडाकै कारण घटना भएको देखिन्छ’, डीएसपी दाहालले भने ।

 

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस