२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्री एयरलाइन्स जहाजको चक्का अचनाक जहाजबाट छुट्टिएपछि…

काठमाडौं । साँझ ढल्किन लागेको थियो । धनगढी विमानस्थलमा अवतरणका लागि श्री एयरलाइन्सका पाइलटले जहाजको चक्का बाहिर निकाले । तत्कालै केही गलत भएको महसुस भयो । उक्त जहाज सोमबार साँझ जहाजको चक्कामा समस्या देखिएपछि काठमाडौँ फर्कन सकेको छैन। चक्कामा देखिएको गम्भीर समस्याका कारण जहाज दुई दिन धनगढीमै रोकिएको छ। बाहिर निकाल्दै केही गलत भएको संकेत आएको जहाजमा सोमबार अवतरण पछि चक्का फुत्किँयो । जहाज ठूलो दुर्घटना हुनबाट जोगियो । साँझ ७ बजेर ५२ मिनेटमा धनगढीको विमानस्थलमा अवतरण गरेको एएनएच २२७ नम्बरको जहाजको अगाडीको दाँयापट्टीको चक्कामा समस्या देखिएको एयरलाइन्सका धनगढी स्टेसन मेनेजर गजेन्द्र शाहीले बताए।

‘यात्रु रोकिएपछि जहाज चालकले हेर्दा चक्कामा समस्या देखिएकाले जहाज ग्राउण्डेड गरिएको हो’ उनले भने। काठमाडौंबाट मंगलबार दिउँसो आएको ६ जनाको प्राविधिक टोलीले जाँच गरिरहेको उनले जनाए। चक्कामा जटिल समस्या देखिएको बताइएको छ। जहाजको चक्कामा देखिएको प्राविधिक समस्याको समाधान पछि मात्र जहाज काठमाडौँ फर्किने छ। अवतरणपछि चक्का फुत्केर निस्केको गेटा विमानस्थलमा कार्यरत एक कर्मचारीले बताए।

धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले जहाज अवतरण भएर पार्किङ गरिएपछि मात्र आफूलाई जहाजको अगाडीको दायाँ पट्टीको चक्कामा प्राविधिक समस्या देखिएको जानकारी आएको बताए। प्राविधिक जाँचपछि मात्र जहाज उड्ने उनको भनाई छ।

 

प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस