२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भैरहवा विमानस्थलमा विप्लवसँग महराको जम्काभेट

काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ पछि काठमाडौँ ल्याइएको छ । रुपन्देहीबाट पक्राउ परेका उनलाई प्रहरीले यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याइएको हो ।

जसअनुसार प्रहरी नियन्त्रणमा रहेका महराको भैरहवा विमानस्थलमा नेकपाका महासचिव विप्लवसँग जम्काभेट भएको छ । विप्लव जिल्लाका कार्यक्रम सकेर काठमाडौँ आउन लागेका र प्रहरी नियन्त्रणमा रहेका महरासँग उनको जम्काभेट भएको हो । सो क्रममा विप्लवले महराबारे चासो समेत राखेका थिए । महरा र विप्लव विगतमा एकै पार्टीमा थिए भने उनीहरुबीच गुरुचेलाको सम्बन्ध छ । विप्लवको सचिवालयका डिगबहादुर बोगटीले महरा र विप्लव बिच विमानस्थलमा जम्काभेट भएको पुष्टि गरे ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस