२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारततर्फ भाग्न लागेको अवस्थामा कृष्णबहादुर महरा रुपन्देहीबाट पक्राउ

काठमाडौं । माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा रुपन्देहीमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनी रुपन्देहीमा पक्राउ परेका हुन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएको भोलिपल्टै सोमबार बिहान उनी नवलपरासीको बाटो हुँदै भारततर्फ भाग्न खोजेका थिए । उनी सोमबार बिहान ९ बजे बर्दघाट क्रस गरेका थिए ।

बर्दघाट क्रस गरेपछि प्रहरीले गाडी नम्बरसहित कन्ट्रोल रुमबाट सबैतिर सेटमा सन्देश प्रवाह गर्यो । बर्दघाट क्रस गरेपछि प्रहरीको आँखा छल्न उनले तुरुन्त गाडी परिवर्तन गरेका थिए । बर्दघाट पार गरेपछि गाडी परिवर्तन गरेका उनी रुपन्देहीमा पक्राउ परेका हुन् । रुपन्देहीको कुन ठाउँबाट पक्राउ परेको भन्ने खुलेको छैन । रुपन्देहीका प्रहरी प्रमुख रन्जितसिंह राठौरले पक्राउ नभनी होल्ड गरिएको भन्ने घुमाउरो भाषा प्रयोग गरेका छन् ।

बीचमै परासीतिर उनी कतै लुकेर मोटरसाइकलबाट सीमापारी जाने प्रयासमा उनी थिए । बर्दघाटबाट महरा पार भएको प्रहरीले सेटबाट सबैतिर सन्देश प्रवाह गरेपछि खैलाबैला मच्चियो । गृहमन्त्री लामिछानेले कारबाही गर्न निर्देशन दिएका महरा भारततर्फ जान खोजेको थाहा पाएपछि नवलपरासीका एसपी काजीकुमार आचार्य नै उनलाई खोज्न परिचालित भएका थिए । प्रहरी महानिरीक्षकको सचिवालयबाटै चासो देखाएपछि उनी खटिएका थिए । बर्दघाटमा किन नियन्त्रणमा नलिएर छाडेको, गाडीमा पार हुन लागेको थाहा पाएपछि पनि नम्बर टिपाएर छाडेको बिषयमा सोधीखोजी भएपछि एसपी नै महराको खोजीमा परासीमा तैनाथ भएका थिए । तर महरा भने परासीबाट रुपन्देहीतिर जाने क्रममा पक्राउ परेका छन् ।

गृहमन्त्री लामिछानेले आइतबार गृहमन्त्रालयका सचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख श्याम ज्ञवालीलाई मन्त्रालयमा बोलाएर गृहमन्त्री सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख महरालाई कारबाही गर्न निर्देशन दिएका थिए । पूर्वसभामुख महरा, उनका छोरा राहुल महरा भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा मुछिएका छन् ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस