२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सर्वोच्च अदालत परिसरबाट हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ

५ चैत, काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए ।

सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ ।

 

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस