२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २४ घाइते

काठमाडौं । काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमबाट आउँदै गरेको बस बागलुङको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा २४ जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको छ । यसैबीच दुर्घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ । उहाँले घाइतेको उद्दार र उपचारलाई प्रभावकारी बनाउन प्रशासनलाई निर्देशक दिएको जानकारी गराउनुभएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस