२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रास्वपाको निर्णय: मन्त्रीहरुलाई सघाउन विज्ञ समूह बनाउने, अनियमितता गर्नेलाई पार्टीबाट निस्कासन गर्ने

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको छ । सो समूहमा सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुलाई राख्ने रास्वपाले जनाएको छ । पार्टी र मन्त्रीहरुबीच समन्वय गर्ने उद्देश्यले गठन गरिएको समन्वय समितिको आइतबार बिहान बसेको बैठकले मन्त्रीहरुको काम प्रभावकारी बनाउन विज्ञ समूह बनाउने निर्णय गरेको रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् । मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न डा। स्वणिर्म वाग्लेको नेतृत्वमा महामन्त्री ढकाल र शिशिर खनाल रहेको समन्वय समिति गठन गरिएको छ । समितिको सचिवको जिम्मेवारी शिशिर खनाललाई दिइएको छ । यो समितिको बैठक प्रत्येक आइतबार बस्ने गर्दछ ।

आज बसेको दोस्रो बैठकले सरुवा, बढुवा वा नियुक्तिमा अनियमितता गर्नेहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्ने निर्णय समेत गरेको महामन्त्री ढकालले बताए । राजनीतिक नियुक्तिमा मेरिटोक्रेसीलाई प्रधान मान्ने लगायतका निर्णयसमेत गरेको ढकालले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस