२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

११२ वर्षपछि बन्ने भयो टाइटानिक–२, २३ सय बढीले यात्रा गर्न सक्ने

Titanic-2 was built after 112 years

सिड्नी । ११२ वर्ष पछि इतिहास दोहोरिने भएको छ । सन् १९१२ मा डुबेको टाइटानिक जहाजको धर्तीमा फेरि टाइटानिक–२ निर्माण गर्ने तयारी भइरहेको छ । अस्ट्रेलियाका अर्बपति तथा पूर्वसांसद क्लाइभ पाल्मरले यसलाई निर्माण गर्ने पूर्ण योजना बनाएका छन् । यसका लागि टेण्डर दिने काम पनि तीब्र गतिमा सुरु भएको छ ।

सीएनएनका अनुसार क्लाइभले टाइटानिक–२ पहिलेको टाइटानिक भन्दा धेरै राम्रो हुने र यात्रुहरूले पूर्ण विलासिताका साथ यात्रा गर्ने मौका पाउने दाबी गरेका छन् । विश्वको ७३२औँ धनी व्यक्ति क्लाइभ पाल्मरले यसै साता सिड्नीमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएका हुन । उनले टाइटानिक– २ बनाउने सपना अझै अधुरै रहेको बताए ।

टाइटानिक बनाउने कम्पनीको नाम ह्वाइट स्टार लाइन थियो । सोही आधारमा क्लाइभले आफ्नो कम्पनीको नाम ब्लू स्टार लाइन राखेका छन् । यो जहाज पहिलो टाइटानिक जस्तै तयार हुनेछ । यसमा प्रसिद्ध सिँढीहरू, धुम्रपान कक्ष, थिएटर, क्यासिनो, विभिन्न वर्गका मानिसहरूका लागि खानाको व्यवस्था पनि समावेश हुनेछ। यसमा तेस्रो दर्जाका मानिसका लागि क्याफेटेरिया पनि बनाइनेछ । यो जहाज ८३३ फिट लामो र १०५ फिट चौडा हुनेछ । यो ९ डेक जहाजमा ८ सय ३५ क्याबिन हुनेछन् जसमा २ हजार ३ सय ४५ यात्रुले यात्रा गर्न सक्नेछन् ।

जसमा प्रथम श्रेणीका लागि ३८३, द्वितीय श्रेणीका लागि २०१ र तृतीय श्रेणीका लागि २५१ कोठा तयार पारिनेछ । टाइटानिक–२ को पहिलो यात्रा जुन २०२७ मा निर्धारित गरिएको छ । यो इंग्ल्याण्डदेखि न्यूयोर्कसम्म चल्नेछ।

 

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस