२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अष्ट्रेलियामा फल्यो औसत भन्दा १० गुणा ठूलो ब्लुबेरी

Blueberries 10 times larger than average grow in Australia

सिड्नी । अष्ट्रेलियाका एक किसानले विश्वकै सबैभन्दा ठूलो ब्लुबेरी (जामुन) फलाएका छन् । औसत ब्लुबेरीको आकार भन्दा उनले फलाएको ब्लुबेरी दश गुणा ठूलो रहेको छ । बीबीसीका अनुसार अष्ट्रेलियाका ती किसानको फार्ममा फलेको ब्लाकबेरी पिङपङ बल जत्तिकै ठूलो छ । जसले विश्वकै सबैभन्दा ठूलो ब्लुबेरीको कीर्तिमान बनाएको छ ।

गत नोभेम्बरमा छनोट गरी फ्रिजमा राखिएको थियो, यो लगभग ४ सेमी र २०.४ ग्राममा तौलको छ, जो औसत ब्लुबेरी भन्दा लगभग १० गुणा ठूलो रहेको छ । यसअघि पश्चिमी अस्ट्रेलियामा उब्जाइएको १६.२ ग्रामको बेरीले उपाधि जितेको थियो । अब त्यो पुरानो रेकर्ड तोडिएको छ । ब्राड हकिङ भन्छन् कि एटर्ना नस्लले लगातार ठूलो फल दिन्छ तर हालको बढ्दो अवस्थाले उत्तरी न्यू साउथ वेल्सको कोरिन्डीमा उनीहरूको फार्ममा बम्पर रूपमा उब्जनी गरिरहेको छ ।

उनको टोलीले रूखहरूमा केही आशाजनक जामुनहरू देखेको थियो तर तिनीहरूको तौल गर्दा छक्क परेका थिए ।

 

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस