२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनले तरंग : प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषदको बैठक

२ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार साँझ ५ बजे बैठक बोलाएको उनको सचिवालय स्रोतले जनाएको छ ।

सरकारले सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठन गरेको आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् । स्रोतका अनुसार उक्त प्रतिवेदनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा कारबाही चलाउन सिफारिस गरिएको छ ।

यसैगरी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनसँग काम गरेका उच्च अधिकारी, नेपाल प्रहरीका उच्च अधिकारीहरुलाईपनि कारबाही गर्न सिफारिस गरिएको बुझिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस