२ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभामा अवरोध गरेका छन् । प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।
सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिनुअघि नै कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् । कांग्रेसले रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्नेमा जोड दिएका छन् । रवि सहकारी ठगी प्रकरणमा जोडिएको दाबी गर्दै आइएको छ ।