२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछाने गृहमा नजम्दै भूकम्प : सीआईबीका अधिकांश उच्च अधिकारीमाथी नै कारबाहीको डण्डा

Police And Rabi Lamichhane

२ चैत, काठमाडौं । गृहमन्त्रालयको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुगेर राम्रोसँग जम्न नपाउँदै कम्पन पैदा भएको छ । सुन तस्करी प्रकरणमा बनेको आयोगले राजनीति, कर्मचारी र प्रहरी प्रशासनमा नै हलचल ल्याएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणका एक जना आरोपीलाई कार्यालयमा उपस्थित गराएर समेत छाडेको देखिएपछि सबैमा अनुशन्धान गरियो । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले आरोपी जीवन चलाउनेलाई ब्यूरोमा उपस्थित गराएर समेत छाडेको फेला पारेको हो । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, तत्कालीन समयमा ब्यूरोमा कार्यरत् एसपी सञ्जयसिंह थापाकै कोठामा ल्याएर चलाउनेको बयान कागज गराइएको थियो ।

त्यसपछि उनलाई छाडिएको थियो । यसमा डीएसपी रुगम कुँवरलाई पनि आयोगले जिम्मेवार मानेको छ । उनको पनि चलाउनेसँग कुराकानी हुने गरेको देखिएको आयोगले बनाएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । आयोगले ब्यूरोका प्रमुख एआईजी किरण बज्राचार्यलाई र डीएसपी दुर्गाराज दाहाललाई पनि कारबाही गर्न सिफारिस गरेको छ । ब्यूरोले सुनमा चलाउनेलाई मुद्दा नचलाउन खोजेको आयोगको निष्कर्ष छ । तर, यो विषय बाहिर सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रतिवादी बनाउन निर्देशन दिएको स्रोतले बतायो ।

चलाउनेले दावासँग सुन कारोबारबारे कुराकानी गरेको डिजिटल फरेन्सिक ल्याबको रिपोर्टबाट देखिएको थियो । सीआईबीमा भएको डीएफएल रिपोर्टमा समावेश पत्रमा दावा छिरिङले चलाउनेसँग ‘सुन ल्याउने चिनियाँ समूहसँग विजनेस गर्ने’ प्रस्ताव गरेको विवरण छ । जवाफमा छिरिङले ‘हुन्छ दाइ, मैले सबै काम मिलाएको छु, दाइ’ भनेका छन् । दावाले चलाउनेको ह्वाट्स एपममा ‘यो महिना ८० किलो’ भन्दै सन्देश पठाएको पनि देखिन्छ । चलाउनेले उनलाई ‘दाइ, अलिक गोप्य गर्नुस्, अरुसँग कुरा नगर्नुस्’ भनेर समेत म्यासेज गरेका छन् ।

 

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस