२०८१ पुष ६ गते शनिवार | 2024 December 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कानून र परराष्ट्रमा नाम निस्केरपनि छोडेकी पूजा मानवअधिकार अधिकृतमा टपर भइन् !

काठमाडौं । मानवअधिकार अधिकृत  पूजा न्यौपाने जो कोहीका लागि प्रेरणाको स्रोत बन्न सक्छिन् । राष्ट्रिय मानवअधिकार आयोगका लागि चाहिने अधिकृत तहको लोक सेवा आयोगको परीक्षामा फागुन ८ मा टप घोषित गरिएकी न्यौपानेले प्राप्त गरेको सफलताको कहानी केही गर्छु भन्नेका लागि उत्प्रेरणा अवश्य बन्नेछ ।

अन्तर्राष्ट्रिय कानूनमा स्नातकोत्तर गर्दै गरेकी पूजाले कानून र परराष्ट्रको अधिकृत लोक सेवा पास गरेपछिपनि छोडिदिइन् । परराष्ट्रको जागिर अहिलेपनि नेपालमा पहिलो स्थानमा लिइन्छ । जो कोहीले लोकसेवा लड्नै पाउँदैनन् । लडेपनि नाम निकाल्न नै सक्दैनन् । तर उनका लागि त्योपनि मामुली भयो । कानुनको स्नातक तह सकिएपछि २०८० को सुरुवातबाट मात्र उनले लोक सेवा आयोगको तयारी गर्न थालेकी थिइन् । भक्तपुरको दक्षिण–पश्चिम कुनोमा पर्ने गाउँ बिरुवामा जन्मेहुर्केकी पूजाले पहिलो तयारीमै टपर हुनुको गौरवपूर्ण इतिहास रचिन् ।

घरको प्रभावपनि यसको जिम्मेवार हुनसक्ने उनी सम्झिन्छिन् । उनका बुवा शिवराम सहसचिव र दिदी आरती उपसचिव छन् । उनीहरु दुबै सामान्य प्रशासन मन्त्रालयमा छन् । बुबा छोरी नै एउटै मन्त्रालयमा त्योपनि उच्च तहमा रहेको शुभखबर आफन्तकामा गइरहेका बेला पूजाले अर्को शुभ सन्देश आफन्त र परिवारजनमा फैलाइन् । २०७० मा एसएलसी दिँदा उनको स्कुल भीएस निकेतनमा पढ्ने सँगैका दुई सयभन्दा बढी सहपाठी प्लस टु सकेपछि अस्ट्रेलिया र अमेरिका उडे तर पूजाले भने यहीं पढाइ जारी राखिन् ।

पूजाले गएको वर्ष स्नातक पढाइ सक्नेबित्तिकै लोक सेवाको तयारी थालिन् । गत भदौमा उनले कानून सेवा, मानवअधिकार अधिकृत र परराष्ट्र समूहका लागि लहरै परीक्षा दिइन् । परराष्ट्रमा उनले अधिकृत र सुब्बा दुवैका लागि जाँच दिएकी थिइन् । पहिलो नतिजा कानून समूहको आयो, जसमा उनको नाम निस्किएको थियो । तर उनलाई पूराका पूरा कानूनी काम गर्नु थिएन, दृश्य पाटीमा पनि उनको आउनेवाला भविष्यमा कानून अधिकृतको जीवनवृत्ति थिएन । ‘त्यसैले मैले कानून सेवामा नाम निक्ले पनि अन्तर्वार्ता दिन गइनँ, किनभने परराष्ट्र र मानवअधिकार आयोगको नतिजा आउनै बाँकी थियो,’ कसरी उनले आफ्नो सपनालाई विश्वासपूर्वक पछ्याइन् भन्ने सुनाउँदा पूजाका आँखा चम्किला भए, ‘अलिक पछि, परराष्ट्रको नतिजा आयो, अधिकृतमा वैकल्पिक र सुब्बामा चाहिँ नियुक्तिका लागि नाम निक्लियो तर मलाई त्यो पनि खानु थिएन , म त्यहाँपनि गइन पूजाले सुनाइन् ।’

यसरी, दुई–दुईतिर मिलेको जागिर छाडेर, आकर्षणको नियम भन्दै टुंगो नभएको जागिर कुरेर बसेकी पूजालाई देख्दा उनका चिनजानकाहरू छक्क पर्ने नै भए । तर, ती तब झन् धेरै छक्क परे, जब साँच्चै नै चाहेको जागिरमा पूजाको नाम एक नम्बरमा सिफारिस भयो । फागुन ८ गते टपरका रूपमा आफ्नो नाम देख्दा पूजालाई खुशीको उन्मादी छाल आउने गरी अतिरिक्त हर्ष लागेन, किनभने यो हुन्छ नै भन्ने उनको विश्वासको परिणति थियो । तर, घर–परिवारदेखि टोलछिमेक र विदेश गएका साथीहरूसमेतले बधाईको ओइरो लगाएपछि उनलाई लाग्यो, यो त अलिक विशेष उपलब्धि पो रहेछ । कान्तिपुरबाट सार

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस