२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राति सवा १० बजे प्रेमीकाको घाँटी छप्काएका धिरेनको बयानले प्रहरी नै झस्कियो !

विराटनगर । मोरङको पथरी–शनिश्चरे नगरपालिका–७ लामाटोलीमा एक साताअघि भएको १५ वर्षीया किशोरीको हत्या प्रकरणमा प्रहरीले अनुशन्धान अन्तिम चरणमा पुर्याएको छ। हालसम्मको अनुशन्धानले प्रेमीको असावधानीका कारण अन्जानमै सन्जना भन्ने ज्ञानमति थुलुङ राईको ज्यान गएको खुलेको छ।

२१ फागुनको राति करिव सवा १० बजे बारा जितपुर सिमरा निवासी ३६ वर्षीय प्रेमी धिरेन खाँ चौधरीले घाँटी तथा शरीरका अन्य विभिन्न अङ्गमा खुकुरी प्रहार गर्दा ज्ञानमतिको घट्नास्थलमै मृत्यु भएको थियो। खुकुरी प्रहारबाट ज्ञानमतिको गर्धनको आधा भागसम्म काटिएको थियो। दुवै पाता तथा अनुहारमा गरी चार वटा ठूलाठूला चोट थिए भने गालाको भागहरु र कपाल छिनेर भुईँमा खसेको थियो। त्यसको भोलिपल्टै प्रहरीले धिरेनलाई बेलबारीस्थित भाउन्नेको जङ्गलबाट पक्राउ गरेको थियो। उनी अहिले इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा छन्। धिरेनले प्रहरीलाई दिएको बयानमा यो प्रकरणको पनि नयाँ खुलासा भएको छ। उनले ‘आफू पक्राउ परेपछि मात्रै ज्ञानमति मारिएको थाहा पाएको’ बताएका छन्। त्यसअघिसम्म उनी ज्ञानमतीका दाजु (फूपूका छोरा) विनोद वा उनकी श्रीमती विनितालाई मारेको भ्रममा रहेको बताएका थिए ।

ज्ञानमतिको हत्या भएको थाहा पाएपछि २–३ दिनसम्म ‘म बाट ठूलो गल्ती भयो’ भन्दै उनले पछुतो गरिरहेका थिए। मोरङ प्रहरीका एसपी नवराज कार्कीका अनुसार विनोद, विनिता वा उनीहरुका २ छोराछोरीमध्ये एकलाई मार्ने उद्देश्यले नै धिरेन अघिल्लो दिन बाराबाट पथरी पुगेका थिए। त्यसका पछाडि पनि धिरेनले लामो कहानी सुनाएका छन्। ज्ञानमतिको स्थायी ठेगाना खोटाङको ऐंसेलुखर्क–६ सल्लेरी हो। ३ वर्षअघि बुवाले आत्महत्या गरेपछि ज्ञानमति पथरी स्थित दिदी (फूपूकी छोरी) विष्णुकुमारी राईको घरमा झरेकी थिईन। दुर्भाग्यवस २८ माघ ०७८ मा विष्णुकुमारीको मृत्यु भयो। त्यसपछि उनी बाध्यताले विनोदको घरमा सरेकी हुन।

विनोद र ज्ञानमति आफ्नै पटीका सन्तान भने होईनन्। ज्ञानमतीका बुवा र विनोदकी आमाको सौतेनी सम्वन्ध रहेको खुलेको छ। उनी स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिईन। तर, पढाई नाम मात्रको थियो। अटो चलाउने विनोदकी श्रीमतीले घरमै होटल सञ्चालन गरेकी थिईन। होटल ज्ञानमतिकै भरोसामा चलेको थियो। दाजु भाउजुबाट उनले कहिल्यै राम्रो ब्यवहार पाईनन्। त्यही क्रममा फेसवुक मार्फत धिरेनसँग चिनजान भयो। पूर्वप्रहरी समेत रहेका धिरेनसँग उनी प्रेममा परिन। आफूभन्दा दोब्बर उमेरको भएपनि प्रेममा डुवेकी उनले आफ्ना पीडाहरू धिरेनलाई नै पोख्थिन।

यता, १४ वर्षका छोरा, आमा र श्रीमतीलाई बारामा छोडेर कुवेत हिँडेका धिरेन पनि फर्किएर आएपछि घर–परिवार खासै खुशी थिएनन्। उनकी श्रीमती हाल कतारमा छिन्। उनका बुवा कान्छी श्रीमतीसँग मोरङको ग्रामथान गाउँपालिका–४ मा बस्दै आएको प्रहरीको भनाई छ। परिवारबाट खुशी नपाएको अनुभव बोकेका दुवै पीडितको कुरा मिल्न थालेपछि एक वर्षअघि नै उनीहरुले भागेर भारत जाने असफल प्रयास गरेका थिए। तर, माईती नेपालको टोलीले गत १३ असारमा उनीहरुलाई जोगबनी नाकाबाट पक्राउ गरी परिवारको जिम्मा लगायो। यद्यपी ज्ञानमति र धिरेनको प्रेम अझै झांगिदै गयो। उनीहरु एक हुने प्रयासमा लागि रहे।

तर, विनोदको परिवार उनीहरुको प्रेममा भिलेन वन्यो। त्यसैले ज्ञानमतीलाई पाउन धिरेनले विनोद नामको काँडो पन्साउन खोजे। विनोदको परिवारका कोही न कोहीलाई सिध्याउने योजना बनाएर उनी बाराबाट पथरी आएको खुलेको छ। घट्ना भएको दिन दिउँसो उनी लामाटोलीस्थित विनोदको होटलमै गएर ज्ञानमतिको हातबाट चाउमिन खाएर हिडेको र त्यसपछि विनोद वा उनकी श्रीमती विनिता जो भेटे पनि सिध्याउँछु भनेर रुँघेर बसेको प्रहरी अनुशन्धानबाट खुलेको छ। राति महिलाजस्तो मानिस ट्वाइलेटबाट निस्किएको देखेपछि आफूले छपाछप छप्काएर भागेको उनले प्रहरीलाई बताएका छन्। उनी ज्ञानमति नभई विनिता (भाउजु) लाई मारेको भ्रममा रहेको पाईएको छ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस