२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दाङबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना

Road Accident

रुपन्देही । दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको रात्रिबस दाङ र कपिलवस्तुको सीमा क्षेत्रमा दुर्घटनामा परेको छ । मंगलबार राति भएको दुर्घटनाको सबै विवरण खुलेको छैन । दुर्घटना भएको राजमार्ग ट्राफिक प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको छ । प्रहरी घटनास्थल जाँदै गरेको र फोन सम्पर्क नभएकोले घटनाको विवरण नआएको प्रहरीले जनाएको छ ।

ब्लु स्काई बस, ०९७४ को बस बाटो छेउँमा दुर्घटनामा पर्दा ३ जना यात्रु घाइते भएकाको र इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए । बाटो छेउको घुम्टीमा स्पिडमा भएको बस छेउँको रुखमा ठोक्किएर अडिएको थियो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको गढवा गाउँपालिका–१ स्थित कालाकाटे जुरौनीमा रात्रि बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मंगलबार राति तुल्सीपुरबाट काठमाण्डौँ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०९७४ नम्वरको बस अनियन्त्रित भएर सालको काठमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सो घटनामा तुल्सीपुर उपमहानगरपालिका–१९ का २१ वर्षीय आस्था पौडेल, सोही ठाउँका २२ वर्षीय बावुराम लामिछाने र लमही नगरपालिका–५ बस्ने ४८ वर्षीय वविता शाही घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु सवैको अवस्था मध्यम रहेको र भालुवाङस्थित राप्ती पोलिक्लिनमा उपचार भइरहेको छ । बसमा ४० जना यात्रु सवार थिए । उनीहरुलाई अन्य बसमा राखेर यात्रा गराउन थालिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस