२०८१ मङ्सिर ३ गते सोमवार | 2024 November 18th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ब्वाइज कटमा झनै आकर्षक अभिनेत्री झरना थापा

काठमाडौं । अभिनेत्री झरना थापाले ब्वाइज कट गरेकी छिन् । यो अवतारमा उनी निक्कै फरक र सुन्दर देखिएकी छिन् । नेपाली सिने नगरीमा दुई दशक बिताइसकेकी नायिका हुन् – झरना थापा ।

‘दाइजो’ चलचित्रबाट डेव्यु गरेकी झरनाले ‘जीवनसाथी’, ‘सुख दुःख’, ‘मुग्लान’ लगायतका दर्जनौ चर्चित चलचित्रमा काम गरिसकेकी छिन् । लामो समय नायिका भएर काम गरेकी झरनाले आफ्नो परिचयको दायरालाई समेत फराकिलो बनाउँदै लगेकी छिन् । नायिकामा मात्र सीमित नभई झरना निर्देशक समेत हुन् । उनी निर्देशित चलचित्र ‘ए मेरो हजुर २’ चर्चित चलचित्र हो । दुई दशक भन्दा बढी समय देखि सिनेमामा काम गर्दै आएकी झरनाको फ्यान फलोइङ पनि राम्रो छ ।

यसअघि नेपालका धेरै अभिनेत्रीहरुले कपाल मुण्डन वा ब्वाइज कट गरेका छन् । कलाकार केकी अधिकारीले कपाल मुण्डन गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि सञ्चारमाध्यममा लगालग समाचार बनेको थियो । अभिनेत्री अधिकारी चलचित्रका लागि कपाल मुण्डन गर्ने एक्ली कलाकार भने होइनन् । गत वर्ष प्रदर्शन भएको चलचित्र ‘आमा’मा कलाकार सुरक्षा पन्तको पनि कपाल मुण्डनसहितको पोस्टरले पनि चर्चा पाएको थियो । भनिन्छ, महिलाको शक्तिशाली हतियारमध्ये सौन्दर्य पनि एक हो । झनै लामो सुन्दर कपालले त्यसमा स्थान पाउने नै भयो ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस