२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिकोणात्मक टी–२० आई सिरिज जित्नका लागि नेपाललाई १७२ रनको लक्ष्य

काठमाडौं । बलिङमा पहिले मध्यम गतिका बलर र त्यसपछि कुशल भुर्तेलले धमाधम विकेट लिए पनि रनमा अंकुश लाउन नसक्दा पपुवा न्यु गिनी(पिएनजी)ले १७१ रन जोडेको छ। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पिएनजीले सम्मानजनक स्कोर खडा गरेको हो। यसरी हङकङमा जारी त्रिकोणीय टि–२० सिरिजको उपाधि जित्न नेपालले १७२ रनको लक्ष्य पाएको छ।

आजको खेलमा हिजो चार विकेट लिएका भुर्तेलले चार ओभर बलिङ गर्दै २४ रन खर्चिएर तीन विकेट लिए। त्यसअघि पिएनजीको सुरुवाती क्रममाथि मध्यम गतिका बलर करन केसी, आकाश चन्द र गुल्शन झाले भूमिका खेलेका थिए। यद्यपी रनको बहाब भने रोक्न सकेनन्। केसीले पहिलो ओभरमै विकेट निकालेर पिएनजीमाथि दबाब सिर्जना गरेका थिए भने दोस्रो र चौथो ओभरमा दुई विकेट निकालेर युवा बलर चन्दले पिएनजीमाथि थप दबाब बढाएका थिए। पिएनजीको चौथो विकेट झाले लिएका थिए।

यसरी चन्दले चार ओभरमा ४१ रन खर्चिएर तीन विकेट लिँदा केसीले चार ओभरमा ३२ रन खर्चिएर एक र गुल्शनले एक ओभरमा ११ रन खर्चिएर एक विकेट लिए। पिएनजीका तर्फबाट ओपनर टोनी उराले ३७ बलमा ६१ रन, हिला भारेले २१ बलमा १८ रन, अलेई नाउले १० बलमा ३० रनको योगदान दिए।

 

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस