२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जनकपुरको होटलमा रात बिताएकी पोखराकी युवती मृत फेला, युवक फरार

जनकपुर । धनुषाको जनकपुरस्थित सिटी स्टार फेमली होटलमासँगै रात विताउन आएका पोखराको मियाँ टोल बस्ने एक युवतीको मृत्यु भएको छ । होटलमा बेहोस अवस्थामा फेला परेकी खुसबु सुनारको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

धनुषाका प्रहरी डिएसपी रञ्जन अवाका अनुसार ती युवती एक युवकसँग सोमवार वेलुका होटलमा गएकी थिईन। सँगै गएका ती युवक अहिले फरार छन्। खुसवु विगत ३ महिनादेखि धनुषाको महेन्द्रनगरमा बस्दै आएकी खुलेको छ। डीएसपी अवाका अनुसार छेउको कोठामा बस्ने व्यक्तिले ती युवतीलाई बेहोस अवस्थामा देखेपछि होटल सञ्चालकलाई खबर गरका थिए। लगत्तै उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुर पु¥याइएको थियो।

प्रहरीले श्रीमानसहित परिवारका सदस्यलाई खबर गरिएको र शव पोस्टमर्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको जनाएको छ। फरार भएका युवकको खोजीसँगै घटना विषयमा थप अनुसन्धान गरिरहेको धुनषा प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस