२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धनगढीमा ६१ किलो मासु बरामद !

61 kg of meat recovered in Dhangadhi!

धनगढी । धनगढीमा जंगली बदेल र चित्तलको ६१ किलो मासु बरामद गरिएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी कैलाली गाउँबाट खटिएको टोलीले आइतबार धनगढी उपमहानगरपालिका–१३ बाट ६१ किलो मासु बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले से २ प ३७९६ नम्बरको मोटरसाइकलमा बेवारिसे अवस्थामा उक्त मासु बरामद गरिएको जानकारी दिए । उनकाअनुसार जंगली बदेलको जस्तो देखिने ३८ किलो र चित्तलको जस्तो देखिने १६ किलो गरेर ६१ किलो मासु बरामद गरिएको हो ।

जसमा ७ किलो आन्द्रा, भुडीसहितकाे रहेकाे छ । बरामद गरिएको मोटरसाइकल र मासु आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस