२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मन्त्री होस् त यस्तो : अमेरिका भ्रमण त्यागेर गृह जिल्ला पुगिन् मन्त्री भगवती चौधरी

सुबास घिमिरे, इटहरी सुनसरी। अमेरिका दुनियाँका लागि सपनाको संसार भनिन्छ । नेपाली उच्चतम् नागरिकपनि अमेरिकामा भासिएका छन् । तर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका लागि भने अमेरिका भन्दा आफ्ना मतदाता महत्वूर्ण भए । यूएन वुमनको विश्वस्तरिय कार्यक्रममा सहभागी हुन आज अमेरिका जाने पूर्व निर्धारित कार्यक्रम थियो। ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो। तर मन्त्री चौधरी अमेरिका भ्रमण छाडेर गृह जिल्लाको आउनु भएको छ।

दुहबी १० मा रहेको आपुरुपी शिव मन्दिरमा आयोजित साँस्कृतिक कार्यक्रममा सहभागी हुन मन्त्री चौधरी गृह जिल्ला आउनु भएको हो। बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै मन्त्री चौधरीले सरकार अविछिन्न उत्तराधिकार वाला हुने भन्दै अघिल्लो सरकारले गरेको निर्णय बमोजिम पूर्व निर्धारित कार्यक्रममा आफू जाने तय भए पनि आफू नगएको बताउनु भयो। मन्त्री नगए पनि भ्रमण दलका अन्य सदस्य भने आज राति अमेरिका जादैँछन्। प्रतिनिधि मण्डलको नेतृत्व कर्मचारीले गर्ने र मन्त्री स्तरको हुने भनिएको कार्यक्रम कर्मचारी स्तरमा नै गर्न आदेश दिएर आफू गृह जिल्ला आएको मन्त्रीको भनाइ थियो।

उप्त अवसरमा मन्त्री चौधरीले यो गठबन्धन २०८४ साल सम्मै नै जाने दाबी गर्नु भयो। मन्त्री चौधरीको स्वागतमा मोरङ, सुनसरीका सयौँ नेता तथा कार्यकर्ता बिराटनगर विमानस्थलमा भेला भएका थिए। साथै महिला आफूले सम्हालेको मन्त्रालय मातहत रहेर महिला सशक्तिकरणका लागि विभिन्न योजना ल्याउने गरि आफूले तयारी गरिरहेको जानकारी दिंदै मन्त्रि चौधरीले भन्नु भयो, महिला बालबालिका र जेष्ठ नागरिकको हक हितको निम्ति मैले केहि नयाँ कार्यकम ल्याउने गरि तयारी गरिरहेको छु।

त्यस्तै दुहबी १० मा आयोजित साँस्कृतिक कार्यक्रममा बोल्दै प्रदेश संसद रामदेव यादबले कोशी प्रदेशको सरकार परिवर्तन हुने बताउनु भयो। पहिले आफ्नो दलको सरकारले हालेको योजना अहिलेको सरकारले काटेको भन्दै अब सरकार परिवर्तन गरेर आफूहरुले अघि सरेको विकासका योजनाहरुलाई निरन्तरता दिने दाबी गर्नु भयो। उप्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका मन्त्री चौधरीले आफू मन्त्री भएपछिको पहिलो कार्यक्रम त्यो पनि धार्मिक, आफ्नै क्षेत्रको भएको कारण आफूले ब्यताताका बावजुत पनि उपस्थिती भएको भन्दै महिलाहरु आधा आकास ढाक्ने मात्र नभई आधा धर्ति ढाक्ने भएको बताउनु भयो। यो क्षेत्रको समग्र बिकासका निम्ति आफूले सक्दो पहल गर्दै आइरहेको स्मरण गर्दै मन्त्री चौधरीले भन्नुभयो विदेश भ्रमण छाडेर म यहाँ आइरहेको छु भन्दै उहाँले भन्नु भयो माहिलामाथि भइरहेको हिंसाको अन्त्य र आफूमाथि भएको हिंसा बाहिर ल्याउन उनीहरुलाई आर्थिक रुपमा पनि सक्षम बनाउन पर्छ। मन्त्री चौधरीले महिलाहरुलाई उद्यमशीलतामा जोड्न आवश्यक रहेको बताउनु भयो । आफूले मन्त्रालयमा रहेर महिलाहरुको पक्षमा केही गर्ने कोसिश गरिरहेको उँहाको भनाई थियो ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस