२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल प्रहरीलाई ठूलो सफलता: भारतमा अपहरणपछि नेपालमा फिरौती असुल्ने गिरोहका मुख्य नाइके पक्राउ

२६ फागुन, जनकपुरधाम । नेपालको प्रहरीलाई ठूलो सफलता मिलेको छ । भारतीय व्यवसायी अपहरण गरी नेपाली भूमिमा फिरौती असुल्ने गिरोहका मुख्य योजनाकार राजन पक्राउ परेका छन् । भारतीय व्यवसायीको अपहरण गरी नेपाली भूमिमा फिरौती असुल्ने गिरोहका मुख्य नाइके पक्राउ परेको प्रहरीले दाबी गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय महोत्तरी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बुधबार विराटनगरको कञ्चनवारीस्थित खड्का होटलबाट अन्दाजी ४० वर्षीय राजेश भनिने राजन माझीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजन दाहालका अनुसार उनी अपहरण र फिरौती असुलीबाहेक अन्य अपराधिक घटनामा पनि संलग्न रहेको पाइएको छ । चारवटा डाँकाचोरीको मुद्दा उनीमाथि अदालतमा चलिरहेको छ । डाँका मुद्दामा नै तिव्र खोजीमा परेका उनलाई पक्राउ गरेर गत बिहीबार जिल्ला अदालतम मोरङमा पेश गरिएको डीएसपी दहालले बताए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत पुस र माघ महिनामा भारत बिहारको सितामढी जिल्ला सोनवर्षा बजारका दुईजना व्यवसायीलाई अपहरण गरेको घटनाका राजन मुख्य नाइके हुन् । फिरौती माग्नेको मोबाइलमा आवाज उनैको जस्तो देखिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले बताए ।

गत माघ १६ गते सोनवर्षा बजारका इँट्टा भट्टा व्यवसायी ३४ वर्षीय अभिषेक कुमार अपहरणमा परेका थिए । उनलाई अपहरणकारी गिरोहले नेपाल ल्याएर तीन करोड रुपैयाँबाट बार्गेनिङ गरेको थियो । तर अन्तमा ५० लाख भारतीय रुपैयाँ फिरौती लिएर माघ २६ गते बिहान सर्लाहीको संग्रामपुर स्थित नेपाल भारत सीमा नजिक मुक्त गरेका थिए । सोनर्षाकै औषधि व्यवसायी कामेश्वर रायको पनि गत २ डिसेम्बरमा अपहरण गरी सोही गिरोहले नेपाल ल्याएको थियो । पाँच दिन पछि ३० लाख रुपैयाँ भारु अर्थात ४८ लाख रुपैयाँ नेपाली फिरौती लिएर उनलाई ७ डिसेम्बरमा अपहरणकारीले महोत्तरीको सम्सीबाट मुक्त गरेको थियो ।

‘यी दुबै अपहरण घटनामा उनको गिरोहको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ । फोनमा फिरौती माग्दाको भ्वाइस पनि उसकै रहेको जस्तो देखिन्छ । उनी खतरनाक अपराधी हुन्’ डीएसपी गिरीले अनलाइनखबरसंग भने । उनका अनुसार पक्राउ परेका राजनको विराटनगरमा केही अपराधिक मुद्दा रहेकाले त्यहाँ कारबाही सकिएपछि महोत्तरी ल्याएर शरीर बन्धक मुद्दा चलाइने छ । उनीमाथि अझ अनुसन्धान गर्नुपर्ने डीएसपी गिरीको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस