२०८१ मङ्सिर २ गते आइतवार | 2024 November 17th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंबाट उडेको हेलिकप्टरमा चरा ठोक्कियो

२५ फागुन, काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ । ७ नटिकल माइल उडेको ‘९एन–एएनए’ दर्ता नम्बरको उक्त हेलिकप्टरमा शुक्रबार बिहान चरा ठोक्किए पनि सकुशल काठमाडौं फर्काएर अवतरण गरिएको थियो ।

चरा ठोक्किएपछि हेलिकप्टर तत्काल त्रिभुवन विमानस्थल फर्किएको थियो । हेलिकप्टर चालक तथा यात्रु सुरक्षित रहेको विमानस्थल प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार बिहान सवा १० बजे हेलिकप्टरमा चरा ठोक्किएको हो । यो हेलिकप्टर ५ सिट क्षमताको हो । काठमाडौंबाट पूर्वतर्फ उड्दाउड्दै चरा ठोक्किएको थियो । काठमाडौं विमानस्थलमा चराका कारण उडान नियमितजसो प्रभावित बनिरहेको हुन्छ ।

आजै कतार एयरवेजको जहाज अवतरणका क्रममा अत्यधिक हावाको बेगका कारण ‘ओभरसुट’ (अवतरणका क्रममा धावनमार्ग नजिकैबाट पुनः उडान भर्नु) गर्नुपरेको छ । कतारको ६४६ जहाज दिउँसो साढे ४ बजे अवतरणका क्रममा ओभरसुट गर्नुपरेको हो । अधिक हावाको बेगका कारण जहाज ओभरसुट गरी पुनः अवतरण गरेको हो । पाइलटले जोखिम मोलेर अवतरण गराउनुको सट्टा जहाजलाई पुनः फन्को मारी सुरक्षित बनाउन ओभरसुट गर्छन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस