२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महिला हिंसा अन्त्यगर्न महिला हरुलाई उद्यमशीलतासँग जोड्न आवश्यक छः मन्त्री चौधरी

काठमाडौं २५ फागुन । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलाहरुका विविध प्रकारका समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताएकी छ । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले विगतमा पनि महिला हिंसाविरुद्ध काम गर्दै आएको र अब मन्त्रालयको जिम्मेवारी पाइसकेकाले नीतिगत सुधारको प्रयास गर्ने बताईन् ।

साथै, माहिलामाथि भइरहेको हिंसाको अन्त्य र आफूमाथि भएको हिंसा बाहिर ल्याउन उनीहरुलाई आर्थिक रुपमा पनि सक्षम बनाउन पर्ने बताईन् । मन्त्री चौधरीले महिलाहरुलाई उद्यमशीलतामा जोड्न आवस्यक रहेको बताईन् । आफूले मन्त्रालयमा रहेर महिलाहरुको पक्षमा केही गर्ने कोशिस गरिरहेको उनको भनाइ छ ।

महिलामाथि हुने जघन्य प्रकृतिका अपराध गर्नेलाई कडा कानुन बनाएर कारबाही गरिने ब्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले विगतमा भन्दा केही हदसम्म महिला सहभागिता र समावेशिता बढेको बताईन् ।

साथै, बालबालिकाको सुरक्षित भविष्य र जेष्ठ नागरिकको लागि नीतिगत सुधारका लागि आफूले सक्दो प्रयास गर्ने बताईन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस