२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देशको स्वाधिनताको रक्षा र विदेशमा रहेकाहरुको हितलाई महत्वपूर्ण अंग बनाउनेछौं : परराष्ट्रन्त्री श्रेष्ठ

Narayankaji Shrestha 5

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले उपप्रधान तथा परराष्ट्रन्त्रीको पदभार ग्रहण गरेका छन् । पूर्व गृहमन्त्रीसमेत रहेको श्रेष्ठले बुधबार सपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विदेशमा रहेकाहरुको हितका रक्षा गर्ने कुरालाई महत्वपूर्ण अंग बनाउने बताएका छन् । ‘वैदेशिक रोजगारमा रहेको सबै नेपालीको हितका रक्षा गर्ने कुरालाई हामीले आफ्नो कार्यभारको अभिन्न महत्वपूर्ण अंग बनाउनेछौं,’ उनले भने ।

पहिलो प्राथमिकता देशको राष्ट्रिय सार्वभौमिकता, भौतिक अखण्डता, स्वाधिनताको रक्षा र प्रवद्र्धन गर्नु रहेको परराष्ट्रमन्त्री श्रेष्ठले सुनाए । ‘मेरो पहिलो प्राथमिकता यो देशको राष्ट्रिय सार्वभौमिकता, भौतिक अखण्डता, स्वाधिनताको रक्षा र प्रवद्र्धन गर्नु हो । हरेक देशका नागरिकको पनि यो जिम्मेवारी हो । तर, मुलत यसमा सरकारले भूमिका खेल्नुपर्ने हुन्छ,’ उनले भने ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस