२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सडक आयोजनाहरुमा हुने ढिलासुस्ती अन्त्य गर्छु – भौतिक पूर्वाधारमन्त्री महासेठ

Raghubir Mahaseth 2

काठमाडौं । नवनियुक्त उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले पदबहाली गरेका छन् । बुधबार शितल निवासमा पद तथा गोपनियताको सपथ गरेपछि महासेठले सिंहदरबार पुगेर पदबहाली गरेका हुन् । मन्त्रालयमा उहालाई कर्मचारीहरुले स्वागत गरेका थिए । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री महासेठले सडक आयोजनाहरुमा हुने ढिलासुस्ती अन्त्य गर्ने बताए ।

उनले मुग्लिङ पोखरा सडक स्तरोन्नतीको काम एमाले सरकारकै पालामा भएको भन्दै अब उक्त आयोजना लगाएत देशैभरका आयोजनाहरुलाई तीव्रताका साथ अघि बढाउने जिकिर गरे । त्यस्तै, उनले एकसातासम्म मन्त्रालयको कामकारवाहीका बारेमा अध्ययन गर्ने बताए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस