२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुदूरपश्चिममा माओवादीपछि नेकपा एसले छोड्यो सरकार, मुख्यमन्त्री अल्पमतमा

Chief Minister Kamal Bahadur Shah

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारबाट एकीकृत समाजवादीपनि बाहिरिएको छ । एसका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहलाई आफू सरकारमा नरहेको जानकारी गराएका छन् । मुख्यमन्त्रीले दुई दिनअघि माओवादी केन्द्रका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सोही मन्त्रालयकी राज्यमन्त्री गीता माललाई जिम्मेवारीबाट हटाएका थिए ।

माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि अब कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । कांग्रेसका १८ र नागरिक उन्मुक्तिका सात सांसद छन् । सरकार गठनको लागि २७ आवश्यक पर्छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस