२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सेक्स रिअसाइनमेण्ट सर्जरी के हो ?

what is the sex reassignment surgery

काठमाडौं । सेक्स रिअसाइनमेण्ट शब्द आजकाल बोलिचालीमा समेत आउन थालेको छ । सेक्स रिअसाइनमेण्ट सर्जरी भनेको वास्तवमा लिंग परिवर्तन गर्ने एक प्रकारको शल्यक्रिया हो। जसमा पुरुषलाई महिला र महिलालाई पुरुष बनाउन सकिन्छ । यस बाहेक ट्रान्सजेन्डरहरूले पनि आफ्नो लिंग परिवर्तन गराउन सक्छन् । यस प्रकारको लिङ्ग पुनः नियुक्ति प्लास्टिक सर्जन द्वारा गरिन्छ। तर, लिंग परिवर्तन गरेपछि पनि मानिसले सन्तान जन्माउन भने सक्दैन । अर्थात् लिंग परिवर्तन गरेपछि महिला र पुरुषमा सन्तान जन्माउने क्षमता हुँदैन । आजकल धेरै व्यक्तिहरू लिङ्ग परिवर्तनको शल्यक्रियालाई सेक्स रिअसाइनमेण्ट सर्जरी शब्दहरू प्रयोग गर्न मन पराउँछन्।

किन गरिन्छ सेक्स रिअसाइनमेण्ट सर्जरी ?

मानिसहरूले यस प्रकारको शल्यक्रिया रोज्छन् किनकी तिनीहरूका शारीरिक अंगहरु आफ्नो भावनात्मक पहिचानसँग मेल खादैनन् । स्वभाव वा भावना महिलाको छ तर लिङ्ग पुरुषको वा स्वाभाव पुरुषको तर लिंग महिलाको भएको अवस्थामा आफ्नो स्वभाव मिल्ने लिंग फेर्ने कार्यलाई नै लिंग परिवर्तन भनिन्छ । सेक्स डिसफोरियाले जन्ममा तोकिएको लिङ्गले मानिसको लैङ्गिक पहिचानसँग मेल खाँदैन । नेपालमा नभएपनि भारतमा यो प्रकारको शल्यक्रिया उपलब्ध छ ।

 

सेक्स रिअसाइनमेण्ट सर्जरीको लागत कति हुन्छ ?

तपाईले रोज्नुभएको शल्यक्रिया र अस्पतालको प्रकारमा निर्भर पर्छ । लिंग पुनः नियुक्ति शल्यक्रियाको लागत भारतमा भारु २ देखि ७ लाखसम्म लाग्छ । नेपालमा भने यो शल्यक्रिया उपलब्ध छैन ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस