२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम, आजै सपथ गराएर कांग्रेसको खेल्ने बाटो बन्द गर्न माग

२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालै मन्त्रीपरिषद् विस्तार गरेर कांग्रेसलाई खेल्ने बाटो बन्द गराउन माग गरेको छ । सत्ता निर्माणको कुरा चल्नासाथ चलखेल गर्न पाउने अहिलेको संसदीय अंकगणित भएकाले तत्कालै सपथ गराएर बाटो बन्द गर्न रास्वपाले गठबन्धनका नेतासँग कुरा गरेको एक नेताले बताए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस