२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रास्वपाले भन्यो, यो कार्यकाल भर कांग्रेससँग गठबन्धन बन्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अर्को गठबन्धन बन्ने सम्भावना नरहेको बताएको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने सभापतिको योजना रहेकाले यो संसदको कार्यकाल भर कांग्रेससँग गठबन्धन नबन्ने बताए ।

उनले भने, ‘चार दल नै अगाडि बढ्छ । यसमा अन्य दल पनि मिसिनु हुन्छ । कांग्रेससँगको गठबन्धन बन्दैन । उनले भागबन्डा र अन्य कार्यक्रमहरूबारे छलफल भइरहेकाले मन्त्रालयको बाडँफाँड पनि छिटै टुङ्गिने बताए । रास्वपाको प्रतिनिधिसभामा २० सिट छ । वर्तमान गठबन्धनमा रास्वपाले गृहसहित ३ मन्त्रालय मागेको बुझिएको छ ।’

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस