२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि वा उपेन्द्र जसलेपनि लात्ता हाने भने मात्र भित्तामा पुग्छन् प्रचण्ड [ यस्तो छ अंकगणित ]

काठमाडौं । नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोखिम मात्र मोलेका छैनन्, आफूलाई तरवारको धारमाथी राखेका छन् । संसदको अंकगणित नै यस्तो छ कि मानौं कि दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस चै कहिलै एक नहुने प्रण नै लिए भने तेस्रो, चौथो क्रमश सातौं शक्तिमा रहेका जुनसुकै दल प्रचण्ड जस्तै बेइमान भइदिने हो भने जसको नेतृत्वमापनि जुनसुकै बेला सरकार बन्न सक्छ, ढल्न सक्छ । कांग्रेससँग माओवादी जोडिँदा तेस्रो शक्ति रास्वपा बन्छ । एमालेसँग माओवादी जोडिदा रास्वपाले मात्रपनि पुग्दैन । त्यो बेला राष्‍ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल वा सातौं स्थानमा रहेको नेपाल कम्युनिष्‍ट पार्टी (एकीकृत समाजवादी) समेत तेस्रो शक्ति बन्छ । तेस्रो शक्तिको भूमिका सरकार बनाउँन निक्कै महत्वपूर्ण हुन्छ । उसले बार्गेनिङ्ग नै गर्दै चाहेको लाभ उठाउने गरेको विगतमापनि देखिन्छ ।

अहिले संसदमा (२७५) नेपाली काँग्रेससँग ८८, नेपाल कम्युनिष्‍ट पार्टी (एमाले) ७८ ( एक निलम्बन), नेपाल कम्युनिष्‍ट पार्टी (माओवादी केन्द्र) ३२, राष्‍ट्रिय स्वतन्त्र पार्टी २१, राष्‍ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी, नेपाल १२, नेपाल कम्युनिष्‍ट पार्टी (एकीकृत समाजवादी) १०, जनमत पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ४, नागरिक उन्मुक्ति पार्टी ४, नेपाल मजदुर किसान पार्टी, राष्‍ट्रिय जनमोर्चा, आम जनता पार्टी १–१ र स्वतन्त्र २ सांसद छन् ।

सरकार बनाउँन १३८ सांसदको समर्थन चाहिन्छ । विश्वासको मत पाउनपनि १३८ जनाको मत चाहिन्छ । एमाले, माओवादी र रास्वपा एक ठाउँमा रहँदापनि संख्या १३१ मात्र हुन्छ । ७ जना सांसद अरु खोज्नुपर्छ । यसरी सरकार बने जसपा वा नेकपा एसको स्थायी समर्थन चाहिन्छ । बीचमा भाँडिएको खण्डमा त्यही दिन सरकार ढल्छ ।

कांग्रेसले साँच्चै प्रचण्डलाई लात्ताले हान्न चाहाने हो भने, माओवादी, एमाले सहित (रास्वपा, जसपा वा नेकपा एस) जुनसकै एकलाई प्रतिपक्ष बनाएर सरकार बनाउँन सक्छ । एमाले, माओवादी र रास्वपाको अंकभार १३१ मात्र छ । देउवाले माधव नेपाललाई प्रधानमन्त्री, उपेन्द्र यादवलाई गृहसहित दुई उपप्रधानमन्त्री, आफूले अर्थ राखेर अरु साना दल र स्वतन्त्रलाई समेत मन्त्री बाँडे भने सजिलै सरकार बनाउँन सक्छन् । यसैले अहिले प्रचण्ड र ओली रवि, उपेन्द्र र नेपाललाई जे–जति भन्छन् दिन तयार छन् ।

स्पष्टिकरण : प्रचण्डले सार्वजनिक रुपमा आफूलाई उपयोग गर्न खोज्ने जो कोहीलाई जतिबेलापनि लात्ताले हानेर निस्किन सक्छु भनेको सार्वजनिक अभिव्यक्तिको भिडियो नै बाहिरिएका कारण सोही आधारलाई लिएर मात्र लात्ताले हान्ने भन्ने शब्द प्रयोग गरिएको हो ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस