२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारमा सहभागी हुने नेकपा एसको निर्णय, तुहियो देउवाको दिवा सपना

काठमाडौं । नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ । सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर सरकारमा सहभागी हुने जानकारी गराइएको हो । हामी सरकारमा सहभागी हुने निर्णय गर्दैछौं । अहिले नै मन्त्रीको नाम टुंगो लगाउँछौं नेकपा एसका एक नेताले बताए ।

नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने र आजै मन्त्रीहरुको शपथग्रहण समेत हुने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका अन्य कतिपय शर्तहरुका बारेमा पछि छलफल हुने नेताहरुले बताएका छन् । प्रदेश सरकारमा समेत एक मुख्यमन्त्री नेकपा एसले दावी गरेको छ । त्यसमा गठबन्धनका शीर्ष नेता सकारात्मक छन् । नेकपा एस सरकारमा आउने निर्णय र रास्वपाले भनेजस्तो मन्त्रालय पाएर मन्त्रीको नाम नै पठाएपछि अब कांग्रेसको चलखेल सकिएको छ ।

एमाले, माओवादी, रास्वपा र नेकपा एस हुँदा कन्र्फटेबल बहुमत हुन्छ । जसपाले यसअघि नै गठबन्धनमा नै रहनेगरी सम्झौतामा नै हस्ताक्षर गरिसकेको छ । देउवाको दिवा सपना सकिएको छ । उनी प्रचण्डलाई पदच्यूत गर्न अर्को समिकरण बनाउने भन्दै नेकपा एस, रास्वपा, जसपालाई अफर कार्ड बाँड्दै हिँडिरहेका थिए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस