२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेकपा एसको बैठक सुरु : कांग्रेसको प्रधानमन्त्री अफर कि विचार मिल्नेसँग गठबन्धन निर्णय आजै

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को सचिवालय बैठक सुरु भएको छ । नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए । बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेपनि अब अध्यक्ष माधवकुमार नेपाललाई अब तपाई प्रधानमन्त्री बन्नुस् अर्को गठबन्धनको होमवर्क गरौं भनेपनि पार्टीमा यी दुबै विषयमा छलफल भइरहेको एक नेताले बताए । विचार मिल्नेसँग गठबन्धन गरेर कम्युनिस्ट एकतातर्फ अघि बढ्ने कि कांग्रेसको अफर लिने भन्ने छलफल चलिरहेको छ बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवासमा गएर गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए । कांग्रेस सभापति देउवापनि श्रीमती आरजुसहित पार्टीका शीर्ष नेताहरु लिएर नेपाल निवासमा भेट्न पुगेका थिए । दुबै तर्फका आश्वासनका विषयमा छलफल गर्न एकीकृत समाजवादीले बैठक बोलाएको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस