२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सहर थर्काउने गरी मोडिफाई गरिएका ६ सय ८१ बाइकधनी कारबाहीमा : ८ वर्कशपका सञ्चालक पक्राउ

काठमाडौं । कास्की प्रहरीले मोडिफाइ (स्वरुप परिवर्तन) गरिएका मोटरसाइकललाई टार्गेट गरी विशेष चेकजाँचलाई तीब्रता दिएको छ । पोखरा नै थर्काउने गरी साइलेन्सर पाइपबाट आगोको मुस्लो निकाल्नेहरु मुख्य टार्गेटमा छन् । ६ महिनाबीचमा नै कास्की प्रहरीले झण्डै ७ सय बाइकधनीलाई कारबाही गरी पूर्ववत् स्वरुपमा फर्काएको छ ।

समाजमा ध्वनी प्रदूषण फैलाउनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले संयुक्त रुपमा मोडिफाइ बाइक कारबाही गर्ने अभियान थालेको हो । बढी आवाज निकाल्दै दुःख दिएको भन्ने गुनासो बढ्न थालेपछि अभियानकै रुपमा अघि बढाएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सूर्यबहादुर रानाले बताए । प्रहरीलाई झुक्याउनका लागि स्टार्ट गर्ने चाबी एकातिर र देखाउने चाबी अर्कातिर बनाएको पनि भेटिएको छ ।

विशेष गरी बुलेट र क्रसफायर बाइक मोडिफाइ बढी गरेको भेटिएको छ । साइलेन्सरमा प्वाल पार्ने, साइलेन्सर फेर्ने, हेन्डल परिवर्तनसंगै विभिन्न स्थानमा चाबी राख्ने गरेको भेटिएको छ । पहिलो पटकमा सवारीको ढाँचा जुन हो त्यही बनाउने र ट्राफिक जरिवाना अनुसार कारबाही गरी परिवारको जिम्मा लगाएर छाड्ने गरएको छ । दोस्रो पटक पनि त्यस्तै भएमा यातायात व्यवस्था कार्यालयमा पठाएर सोही अनुसार कारवाही गर्ने गरिएको कास्की ट्राफिक प्रमुख इन्स्पेक्टर भानु शर्माले जानकारी दिए ।

मोडिफाई गर्ने वर्कसपहरु उनीहरुबाटै पत्ता लगाउने र ती वर्कसप चलाउनेलाई पनि पहिलोपटक लिएर आएर सचेत गराउने र दोस्रो पटक पनि त्यहि काम गरेको भेटियो भने हामी मुद्दा चलाउने गरिएको छ । कास्की प्रहरीले आज पत्रकारहरुमाझ समातिएका मोटरसाइकल प्रदर्शनी गर्दै कसरी ध्वनी प्रदुषण गरिरहेका छन् भनेर पनि देखाएका थिए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस