२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चिया पिउन भारतका सडकमा भौतारिदै विश्वका धनी बिल गेट्स, के कमाल छ यो चियामा ?

काठमाडौं । धनी मानिसहरु चिया पिउनका लागि महंगा वा नाम चलेका रेस्टुँरा वा होटलमा जान्छन् भन्ने आम मानिसहरुको धारणा हुनसक्छ । तर विश्वका धनाढ्यमध्ये एक बिल गेट्सले यो धारणालाई गलत साबित गरिदिएका छन् ।

बिल गेट्सले भारतको सडकपेटीको ठेलाबाट चिया पिएको खबर यतिबेला भाइरल भईरहेको छ । आफ्नो चिया बनाउने अनौठो तरिकाका लागि चर्चित ‘डलीचाय वाला’को हातबाट चिया पिएको घटनाले यतिबेला इन्टरनेट जगत तातेको छ । आम मानिसहरुलाई यो घटना विश्वास गर्न गाह्रो परिहरेको छ ।

तर यो भिडियोलाई विश्वका धनाढ्य बिल गेट्सले आफ्नो इस्टाग्राम अकाउन्टबाट सेयर गरेपछि भने मानिसहरु यसलाई विश्वास गर्न बाध्य भएका छन् । गेट्सले उक्त भिडियो सेयर गर्दै लेखेका छन्‘ भारतमा तपाई प्रत्येक ठाउँमा इनोभेसन देख्न सक्नुहुन्छ । एउटा सामान्य चिया बनाउनसम्म तपाईले यस्तो देख्न सक्नुहुन्छ ’।

उक्त भिडियोमा गेट्सले एक कप चियाका लागि अर्डर गरेको देख्न सकिन्छ । त्यसपश्चात डली चायवालाले आफ्नो अनौठो र भिन्न तरिकाबाट चिया बनाएर दिएको देख्न सकिन्छ । यो घटनालाई लिएर अहिले सामाजिक सञ्जालमा थुप्रै मिमहरु समेत बनिरहेका छन् ।

तर चिया दिदै गर्दा डली चायवालाले बिल गेट्सलाई आफूले नचिनेको बताएका छन् । भोलिपल्ट समाचारमा खबर बाहिरिएपछि मात्रै आफूले विश्वका धनाढ्यलाई चिया पिलाएको भन्ने आभास भएको उनले बताएका छन् । बिल गेट्स यतिबेला विभिन्न कार्यक्रममा सहभागी हुनका लागि भारतको भ्रमणमा रहेका छन् । उनले ओडिसाका मुख्यमन्त्री नविन पटनायकसँग भेटघाट र भुवनेश्वरमा रहेका सुकुम्बासी वस्ती अवलोकन गरेका छन् ।

डलि चायवाला चिया बनाउने अनौठो र भिन्न तरिकाका लागि सामाजिक सञ्जालमा चर्चित छन् । उनको भिडियो बनाउनका लागि विदेशबाट समेत चर्चित फुड ब्लगरहरु आउने गरेका छन् । – एजेन्सी

 

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस