२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खोटाङ घर भएकी १५ वर्षीया बालिकाको मोरङमा हत्या

Crime Hatya

विराटनगर । मोरङमा एक बालिकाको हत्या भएको छ । पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलीमा १५ वर्षकी बालिकाको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन ।

खोटाङ घर भएकी १५ वर्षीया ज्ञानमति कुलुङ राईको सोमबार राति धारिलो हतियार प्रयोग गरी हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार राति १० बजेतिर शौच गर्न बाहिर निस्किएका बेला उनको हत्या भएको खुलेको छ । घटनाको अनुसन्धान गर्न मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीसहितको टोली घटनास्थल पुगेको छ ।

तालिमप्राप्त कुकुरसहित घटनास्थल पुगेको टोली अनुसन्धान थालेको प्रहरीले जनाएको छ । राई मामाको घरमा बसेर पढ्ने गरेकी थिइन् । उनी कक्षा सातमा अध्ययरत थिइन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस