२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रास्वपा सभापति लामिछानेकै नेतृत्वमा सरकारमा जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले सभापतिकै नेतृत्वमा सरकारमा जाने अनौपचारिक निर्णय गरेको हो ।

रास्वपा सचिवालयका एक नेताका अनुसार अर्थ मन्त्रालय पाए उपसभापति स्वर्णिम वाग्लेलाई नै सरकारमा पठाउने कि भन्ने छलफल भएको थियो । तर उपप्रधानसहित गृह मन्त्रालय पाउने अनौपचारिक छलफल मध्यरातमा नेकपा एमाले, माओवादी, रास्वपा र जसपाको छलफलमा भएपछि सभापति नै नेतृत्वमा जाने कुरा भएको बैठकमा उपस्थित एक नेताले बताए ।

ती नेताले भने, ‘कुनै राजनीतिक परिवर्तन नभए सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने पार्टीको सहमति छ । आज बिहान बसेको पार्टीको बैठकले यसको निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई दिएको छ । अहिले सभापति लामिछाने बालुवाटार पुगेका छन् । रास्वपाबाट आज पार्टी सभापति मात्रले मन्त्रीको शपथ लिने छन् ।’

 

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस