२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेबाट पदम गिरी मन्त्री

काठमाडौं । कांग्रेस छोडेर फेरि पुरानै सत्ता गठबन्धन दोहोरिएको छ । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टीसहितको पुरानो गठबन्धन ब्यूतिएको हो । आजै सानो आकारको मन्त्रीमण्डल बन्दैछ । एमालेबाट पदम गिरी नयाँ गठबन्धनको सरकारमा जाँदै छन् ।

नेपाली कांग्रेससँगको गठबन्धन भत्किएसँगै एमालेबाट गिरी मन्त्रीका लागि जाने भएको एमालेका प्रचार विभाग सचिव गगन विष्टले बताए । कसको नेतृत्वमा जाने भन्ने टुङ्गो भएको छैन । आज पदम गिरिलाई एमालेले सरकारमा पठाउदैछ । बाँकीको नाम चाडै टुङ्गिनेछ प्रचार विभाग सचिव विष्टले भने ।

आजै एमाले र माओवादी रास्वपासहितका दल मिलेर नयाँ गठबन्धन सरकार बन्दै छ । सानो आकारको मन्त्रिमण्डल गठनको तयारी भइरहेको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस