२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओलीले एजेण्डा मिल्दैन, व्यवस्था नै विरोधी राप्रपा नसम्झौ भनेपछि नयाँ गठबन्धनमा नरहने

Rajendra Prasad Linden

२१ फागुन, काठमाडौं । माओवादी–एमालेको नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने भएको छ । दुबै दलका नेताहरुले राप्रपालाई गठबन्धनमा नल्याउने बताएका हुन् । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुलाई राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको बताए ।

संसदको सबभन्दा ठूलो दल कांग्रेस पनि गठबन्धनमा नआउने भन्दै उनले भनेका थिए, ‘अरु दल गठबन्धनमा आउनसक्छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एजेण्डा पनि नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नलिने समझदारी भएको बताएका थिए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस