२०८१ असोज १५ गते मङ्गलवार | 2024 October 1st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जे सुकै परिवर्तन भए पनि हामी मिसन २०८४ छाड्दैनौं : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज समय निक्कै छिटो दौडिएको बताएका छन् । जिफण्टले आयोजना गरेको नेपाल ट्रेड युनियन आन्दोलनको ७७ औँ वार्षिक उत्सव कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको परिस्थिति छिटो छिटो हिँड्न खोजेको बताएका हुन् । उनले आज समय छिटो दौडिएकाले आफू कार्यक्रममा आउन ढिलो भएको बताए । ‘देशमा परिवर्तन आएको छ, परिवर्तन हुन्छ, जे सुकै परिवर्तन भए पनि हामी मिसन २०८४ छाड्दैनौँ, नेकपा एमालेलाई निर्णायक शक्तिमा परिणत गर्ने उद्देश्यका साथ मिसन २०८४ भनिएको हो’, उनले भने ।

राष्ट्रिय शक्ति निर्णायक भयो भने राष्ट्रियताको संरक्षण तथा विकास र समृद्धि हुने उनले बताए । यथास्थितिवादी शक्ति र प्रतिगामी शक्ति निर्णायक भए भने देश अप्ठेरोमा पर्ने ओलीले प्रष्ट पारे । ओलीले एमाले नयाँ राजनीतिक हिसाबले अघि बढ्न खोजेको बताए । आज केही नयाँ परिवर्तन हुने उनले कार्यक्रमका सहभागीलाई जानकारी दिए । ‘आज पक्कै केही परिवर्तन हुन्छ भन्ने मैले विश्वास लिएको छु’, ओलीले भने ।

ओलीले मानव समाज गरिबी निवारण र अभावबाट उन्मुक्ति तर्फ अग्रसर हुनुपर्ने बताए । मानवतावादी र समाजवादी दृष्टिकोणले मान्छे कोही पनि गरिब हुनुहुँदैन भन्ने परिभाषा गरेको ओलीले प्रष्ट पारे । तर कतिपय विकसित भनिएका मुलुकमा समेत गरिबिको रेखामुनिका जनता रहेका भन्दै उनले चिन्ता व्यक्त गरे । ‘जनता पहिलो भन्ने दृष्टिकोणबाट गयो भने गरिबी निवारण ठुलो कुरा होइन’, उनले भने ।

अहिले समाजको एउटा उल्लेख्य हिस्सा गरिबिको रेखामुनि रहेको ओलीले बताए । श्रमिक र तल्लो वर्गको हितका लागि ट्रेड युनियनको आन्दोलन निक्कै प्रभावकारी भएको ओलीले बताए । आइएलओको सिद्धान्तमा आधारित भएर नै जिफण्टेले आफ्ना माग र आन्दोलन उठाएको भन्दै उनले प्रशंसा गरे । ओलीले अहिले राजनीति मात्र फेरिएको नभई आर्थिक सामाजिक अवस्था पनि फेरिएको बताए । यो बिचमा समाजमा धेरै कुरा परिवर्तन भइसकेको ओलीको भनाइ थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस