काठमाडौं । नेकपा माओवादी केन्द्रले उपमहासचिव वर्षमान पुनलाई सरकारमा पठाउने भएको छ । आज बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।
उनले भने, ‘मन्त्रालय फाइनल भएको छैन । तर पुन आज सरकारमा मन्त्रीको शपथ लिनुहुन्छ । तर उनलाई अर्थ मन्त्रालयमा पठाउने पार्टीका अर्का पदाधिकारीले बताए । ती नेताले भने ‘कुरा तोडमोड भएन भने पुन जी अर्थमन्त्री पक्का हो ।’