२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नगर प्रहरीमाथि एमालेका राजनीतिकर्मीले आक्रमण गरेपछि प्रतिरक्षा गरिएको बालेनको दाबी

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीले सडक व्यापारीमाथि अनाधिकृत रूपमा बल प्रयोग गरेको आरोपको मेयर बालेन (बालेन्द्र) साहले खण्डन गरेका छन् । नगर प्रहरीसितको झडपमा संलग्न महिला सडक व्यापारी नभएर एमाले कार्यकर्ता भएको उनको दाबी छ ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै बालेनले नगर प्रहरीमाथि एमालेका राजनीतिकर्मीले सुरूमा आक्रमण गरेको आरोपसमेत लगाएका छन् । उनले लेखेका छन्, ‘‘हाम्रो नगर प्रहरीले प्रहरीको अधिकार प्रयोग गरेको होइन, आत्मरक्षा र प्रतिवादका लागि मानवअधिकारको प्रयोग गरेका हुन् । तपाईंले हेर्नुभएको भिडिओ दोस्रो हाफ हो, पहिलो हाफलाई राष्ट्रिय सरकारले मेटाएको छ ।’

उनले केही घाइते प्रहरीको तस्विरसमेत सार्वजनिक गरेका छन् । ‘यी तस्विर तपाईंले खोज्नुहुन्न र छाप्नुहुन्न,’ बालेनले लेखेका छन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस