२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नामिबियालाई नेपालले दिएको १८१ रनको लक्ष्य भेट्न सकस

Nepal vs Namibia

१८ फागुन, काठमाडौं । कुशल मल्लको अर्धशतक मद्दतमा नेपालले त्रिकोणात्मक टी–२०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनायो । नेपालले दिएको १८१ रनको लक्ष्य भेट्न नामिबिया सकस बनेको छ । नामिबियाले ११ ओभरको समाप्तिमा तीन विकेट गुमाएर मात्र ७७ रन जोडेको छ ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे । ७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रनमा आउट भए ।

सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस