२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकार र मिटरब्याज पीडितबीचको वार्ता सकरात्मक, भोलि सम्झौता हुने यस्ता छन् बुँदा

Meter Byaji

काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच गृह मन्त्रालयमा शुक्रबार अपराह्न दुई घन्टा वार्ता भएको छ । मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख नारायणप्रसाद भट्टराई नेतृत्वको सरकारी टोली र पीडितका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहको टोलीबीच ‘सकरात्मक संवाद’ भएको संवादमा सहभागी एक अधिकारीले बताए ।

मन्त्रालयले यसअघि पीडितसँग वार्ता गर्न सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा समिति बनाएको थियो । योबीचमा स्वास्थ्यका कारणले वार्ता टोलीको संयोजक फेरिएपछि भएको वार्तामा आफूहरुको मागबारे बुँदागत रुपमा छलफल भएको संघर्ष समितिका प्रवक्ता नीर्घ नविनले बताए ।

उनका अनुसार, पीडितको समस्या समाधानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने, अहिले भएको कानूनमा देखिएका जटिलता लगायतका विषयमा छलफलपछि सरकारी पक्षको जवाफसमेत सुनेर संवाद टुंगिएको थियो । दुवै पक्षका वार्ता टोली संयोजकबीच छलफल गरेर भोलि (शनिबार) फेरि संवाद हुने नविनले बताए ।

मन्त्रालयले आइतबार मिटरब्याज पीडितसँग पहिलो चरणको वार्ता गरेको थियो । तर, भोलिपल्ट ११ बजे बस्ने गरी टोली उठे पनि प्रशासनले पीडितलाई भृकुटीमण्डपबाट हटाउन खोजेपछि वार्ता विथोलिएको थियो । मंगलबार पुनः वार्ताका लागि टोली बसे पनि विनानिष्कर्ष टुंगिएको थियो । योबीचमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत आन्दोलनरत् मिटरब्याज पीडितबारे चासो राखेका थिए । मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहाको नेतृत्वमा ५०० र पश्चिमबाट नीर्घ नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस