२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टोखामा एक व्यक्तिले गरे आत्मदाहको प्रयास, अवस्था गम्भीर

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ को चेकपोष्ट नजिक जंगलमा एक जना व्यक्तिले आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका छन् । नुवाकोटको लिखु गाउँपलिका–१ स्थायी घर भएका अन्दाजी ३० वर्षीय विकल्प खड्काले आफैंलाई आगो लगाएको अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

उनलाई उद्धार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा लगिएको छ । तर, उनको अवस्था गम्भीर रहेको अधिकारीले बताए । आफैं आगो लगाउनुको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस